nirantarkhabarअर्थबिबिधसमाचारसमाज

पश्चिमका ब्यापारी पुर्वी तराइमा कपडा बेच्दै

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

अनिल बराल, बेलबारी ।
पुर्वी तराइका जिल्लाका भित्रि गाउँगाउँमा यतिबेला पिढ्युमा र हातमा कपडा बोकेर पैदल हिड्दै ब्यापार गर्ने कपडा ब्यापारीहरु प्रसस्तै भेटिन्छन । जाडोको समयमा बढि कपडा बेच्ने उद्देश्यले पश्चिम पहाडका जिल्लाहरुबाट कपडा ब्यापारीहरु पुर्वमा आइपुगेका हुन ।

हिउद लागेसँगै उनिहरु कालिकोट, सुर्खेत लगायतका पश्चिम पहाडका जिल्लाहरुबाट पुर्वी तराइका जिल्लाहरुमा कपडा व्यापार गर्न आइपुग्छन । गाउँबाट समुह बनाएर केहि व्यक्तिहरु मिलेर काठ्माण्डौ, पाल्पा लगायतका ठाउँबाट कपडा खरिद गर्दछन र पुर्वको कुनै केन्द्रमा पर्ने सहरमा कोठा भाडामा लिएर बस्छन अनि ब्यापार सुरु गर्छन ।

सुनसरीको इटहरीमा कोठा भाडामा बसेका उनिहरु बिहानै कपडाको भारी लिएर सार्वजनिक गाडिको प्रयोग गरेर सुनसरी, मोरङका गाउँगाउँमा पुग्छन, दिनभरी ब्यापार गर्छन अनि बेलुका पुनः कोठामा जम्मा हुन्छन ।

मोरङको सुन्दरहरैचामा कपडा बेच्दै हिडेका कालिकोटका सुजन पाण्डे अन्य जागीर नभएको र यहि कपडा ब्यापार गर्ने सिप भएकोले भदौ महिना लागेसँगै ब्यापार गर्न पुर्व आइपुगेको बताउछन । उनी भन्छन –“ब्यबहार चलाउनका लागि आफुले जानेको काम गर्न पुर्वका बिभिन्न स्थानमा पुग्छौ, बिहानको खाना जहाँ पुग्यो त्यही खान्छौ, बेलुका भने इटहरीमा भाडामा लिएको कोठामा भेला हुन्छौ ।” उनले काँधमा र हातमा फाइबर सिरक, गलैचा, तन्ना, सोफा सेट लगायतका कपडा बोकेर हिडेका छन । ब्यापार गर्न पैदल हिडेका उनको हरैचामा एउटै घरमा तीन वटा फाइबर सिरक बिक्यो, घरमै सिरक किन्न पाउदा हरैचाकी बिमला गुरागार्ई पनि खुसि छन, किनकी उनलाई बजार गएर आवश्यक परेको सामान खोजिरहने झन्झट भएन ।

सुर्खेतबाट मोरङ आइपुगेका खगेन्द्र राउत पाल्पा, काठमाण्डौबाट सामान खरिद गरेर ल्याएको बताउछन । दिउसो एक्लै वा दुइ जनाको समुहमा ब्यापार गर्न हिड्ने उनिहरु नयाँ ठाउमा नयाँ मानिसँग बोल्न सिपालु हुन्छन । उनिहरु पुगेका सबै घरमा सामान त बिक्रि हुदैन तर मिठो बोल्दै फेरीफेरी आवश्यक परे सम्झनुहोला नि भन्दै हिड्छन । गा्रहकको घरघरमै पुग्दै कपडा बेच्छन उनिहरु ।
हिउदभरि ब्यापार गरेर बर्खालागेपछि भने उनिहरु आफ्नै घर पुग्छन ।

कतिपय हामी नेपालीहरुमा आफ्नै देशमा काम गर्न लाज लाग्छ भन्ने मानसिकता हुन्छ । हरेक मानिसमा केहि न केहि गर्ने क्षमता अवस्य हुन्छ । तर काम सानो ठुलो भन्ने हुदैन । काम जे जस्तो होस काम गर्नेको सम्मान गर्नुपर्दछ ।

Facebook Comments
Show More

Related Articles