अर्थबिबिधसमाचारसमाज

दैनिक चार करोड नाफा , मूल्य घटायो दुई रुपैयाँ मात्र

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

काठमाडौं १८ मङ्सिर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर समान दुई रुपैयाँ घटाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी समायोजन गरेको निगम प्रवक्ता वीरेन्द्र गोइतले बताए । योसँगै पेट्रोल एक सय १२ तथा डिजेल र मट्टीतेल ९९ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

दुई रुपैयाँ घटाएर बेच्दा पनि निगमलाई १५ दिनमा ५६ करोड ५८ लाख नाफा हुनेछ । अहिले दैनिक करिब ५० करोड रुपैयाँको पेट्रोलियम पदार्थ बिक्री हुन्छ । यो हिसाबमा दिनमै करिब ४ करोड नाफा हुन्छ ।

 निगमले कम नाफा राखेर समायोजन गरेको भए पेट्रोलियमको भाउ अझै कम हुने थियो । यतिधेरै नाफा राखेर उपभोक्तालाई बेच्नु दुर्भाग्य भएको भन्दै उपभोक्ता यसअघिदेखि चिन्तित छन् ।

 चालू आर्थिक वर्षको सुरुबाटै निरन्तर नोक्सान भइरहेका कारण अहिले नाफा राखेर मूल्य समायोजन गरेको निगम बताउँछ ।

निगमले दसैँ, तिहार र छठमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थिएन । १ असोजमा मूल्य समायोजन गरेको निगमले त्यसयता चाडबाडमा जनतालाई राहत दिन भन्दै भाउ स्थिर राखेको थियो ।

निगमका प्रवक्ता गोइतले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा चाडपर्वमा मूल्य वृद्धि गर्न नपाएकाले अहिले थोरै मूल्य घटाएर धेरै नाफा राखेको संकेत गरिएको छ । जबकी निगमले अब एक लिटर पेट्रोल बिक्री गर्दा ११ रुपैयाँ ४४ पैसा नाफा आर्जन गर्नेछ ।

खाना पकाउने ग्यासमा भने निगम घाटामा छ । ग्यासको भाउ स्थिर राखिएको छ ।

Facebook Comments
Show More

Related Articles