nirantarkhabarबिबिधसमाचारसमाज

बेलबारीमा अपाङ्गता भएका ब्यक्तिहरुको क्षमता परिक्षण तथा हण्डिफोर खेल

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बेलबारी ।
२७ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बेलबारीमा अपाङ्गता भएका ब्यक्तिहरुको क्षमता परिक्षण, हण्डिफोर खेल कार्यक्रमको आयोजना भएको छ । नेत्रहिन संघको कार्यलयमा सोमबार भएको कार्यक्रम बेलबारी नगरपालिकाको सहयोगमा अपाङ्गता भएका ब्यक्तिहरुको समुह बेलबारी र नेत्रहिन संघ बेलबारले संयुक्त रुपमा आयोजना गरेको हो ।

अपाङ्गता भएका ब्यक्तिहरुको समुह बेलबारी अध्यक्ष भोजराज भुजेलकोे सभापतित्व तथा बेलबारी वडा नं. ३ अध्यक्ष योगेन्द्र प्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा संपन्न कार्यक्रममा वडा नं. २ का अध्यक्ष घनश्याम गौतम लगायत बेलबारीका बोद्धिक ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । खेलमा १५ जना अपाङ्गता भएका ब्यक्तिहरुको सहभागिता रहेको अपाङ्गता भएका ब्यक्तिहरुको समुह बेलबारी अध्यक्ष भुजेलले जानकारी दिए । नेत्रहिन संघ बेलबारी अध्यक्ष सावित्रा कोइरालाले कार्यक्रमको बारेमा प्रस्ट्याएकी थिइन भने सचिव सिला बराइलीले स्वागत मन्तव्य राखेकी थिइन ।

अपाङ्गता भएका व्यक्तिहरुको क्षमता बृद्धि गर्ने उद्देश्यले अन्तराष्टिय अपाङ्गता दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको अपाङ्गता भएका ब्यक्तिहरुको समुह बेलबारी अध्यक्ष भुजेलले जानकारी दिए ।

Facebook Comments
Show More

Related Articles