nirantarkhabarबिबिधसमाचारसमाज

लालभित्ती युवा समूह दोहा कतारको अगुवाईमा रमिते पर्यटकीय स्थल स्वागतद्वार निर्माण हुने

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

अनिल बराल, बेलबारी ।
लालभित्ती युवा समूह दोहा कतारको अगुवाईमा मोरङको बेलबारी–२ मा अवस्थित रमिते पर्यटकीय स्थल स्वागतद्वार लालभित्ती चौक उत्तरमा निर्माण हुने भएको छ । युवाको एकता आजको आवश्यकता भन्ने मूल नाराका साथ स्थापना भएको समूहले निर्माण अभियान यहि मंसिर १७ गते सोमबार विधिवत रुपमा शुभारम्भ समेत गरेको छ ।

रमिते सामूदायिक वन क्षेत्रभित्र रहेको रमिते पर्यटकिय स्थलमा सुरुङमार्ग सहितको रमिते भ्यू टावरको समेत निर्माण हुदैछ । रमिते पर्यटकिय स्थल जाने मार्ग चिनिनेगरि तयार हुने ३० फिट चौडाइ र १८ फिट उचाई भएको स्वागतद्वार निर्माणकार्य संपन्न गर्न रोजगारीका लागि बिदेशमा रहेका लालभित्तीका युवाहरुको आर्थिक सहयोग र अपुग रकम सामूदायिक बनले सहयोग गर्ने लालभित्ती युवा समूह दोहा कतारका अध्यक्ष निर्मल रिजालले जानकारी दिए । निर्माण कार्य सुभारम्भ भएकोदिनसम्म २ लाख नगद जम्मा भएको र सहयोग गर्ने प्रतिवद्धता पनि बढ्दै गएमा ५ लाख संकलन गर्ने उद्देश्य रहेको रकम समयमै जम्मा भएमा २ महिनामा काम संपन्न गर्ने पनि अध्यक्ष रिजालले बताए ।

७ लाख रुपैयाँमा काम संपन्न हुने रमिते सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष प्रेम बहादुर राईले बताए ।

स्वागतद्वार निर्माणकार्य संपन्न गर्न आर्थिक रुपमा अपुग भए वडा कार्यलयले पनि सहयोग गर्ने भएको छ । शिलान्यासकार्यमा उपस्थित भएका बेलबारी वडा नं–२ का वडाअध्यक्ष घनस्याम गौतमले आर्थिक रुपमा निर्माणकार्य अधुरो रहेमा वडाले पुर्णता दिने प्रतिवद्धता जनाए । स्वातग गेट बेलबारी २ को इज्जत तथा गौरवको कुरा भएको अध्यक्ष गौतमले बताए ।

स्वागतद्वार सिलन्यासकार्यमा २ नं वडा अध्यक्ष लगायत स्थानीय अग्रजहरुको उपस्थिति रहेको थियो । स्वागतद्वार निर्माणकार्यले पुर्णता पाएमा अवस्यपनि रमिते पर्यटकिय स्थललाई सुनमा सुगन्ध त मिल्नेनै छ साथमा बेलबारी २ को पनि बिकास हुन सहयोग पुग्ने कुरामा दुइमत छैन ।

Facebook Comments
Show More

Related Articles