nirantarkhabarअर्थबिबिधसमाचारसमाज

रोजगारका लागी युवाहरुको दक्षिण कोरिया जाने आकांक्षा बढ्दो

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

अनिल बराल, बिराटचौक ।
बैदेशिक रोजगारको गन्तब्य मध्ये पछिल्लो समय धेरै नेपाली युवाको दक्षिण कोरिया जाने आकांक्षा बढ्दो छ । नेपालमा रोजगारी नपाउने समस्या कोरिया सरकारले ईपीएसअन्तर्गत रोजगारीका लागि लैजाने कामदारको तलब बर्सेनि वृद्धि गर्ने प्रणाली विकास गरेका कारण रोजगारीका लागि त्यहाँ जाने नेपाली युवाको संख्या थपिदै गइरहेको छ । कोरिया सरकारले कामदारको न्यूनतम तलब बर्सेनि वृद्धि गर्ने गरेका कारण पनि त्यहाँ जाने नेपालीले अन्य देशको तुलनामा राम्रो आम्दानी गर्ने गरेका छन् ।

यदि रोजगारका लागि नेपाल बाहिर जानुपर्छ भने कोरियानै राम्रो गन्तव्य भएको बताउछन ९ बर्ष कोरिया बसेर फर्किएका मोरङ सुन्दरहरैचाका भिम प्रसाद दाहाल । दाहालको अनुभवमा थोरै लगानीमा राम्रो कमाई गर्न सकिने, सुरक्षा ब्यबस्था, श्रम निति कामदारको हितमा भएकोले रोजगारीका लागि कोरिया उत्कृष्ट छ ।

३ बर्षदेखि कोरियामा रहेका भोजपुरका पुष्प बस्नेत अन्य देशको तुलनामा तलब तथा रोजगारीको लागी सुरक्षित भएको बताउछन । कोरिया सरकारको नजरमा सबै कामदारकोलागी समान ब्यबहार भएको बस्नेतको अनुभव छ । आकर्षक तलब र बस्नको लागि सुरक्षित भएकोले उनले रोजगारीका लागि कोरिया छनौट गरेका हुन ।

खाडी मुलुकमा केहि बर्ष पसिना बगाएर पनि कमाई राम्रो नभएका कारण कतिपय फेरि कोरिया जान खोजिरहेका छन । २ बर्ष कतारमा बिताएका सुन्दरहरैचाका नरेन्द्र नेउपाने अहिले कोरिया भाषा पढ्दैछन । खाडिमुलुकमा कमाई नभएपछि आम्दानीका रुपमा कोरिया राम्रो भएकोले कोरिया जाने प्रयासमा लागेको उनि बताउछन । मलेसियामा ३ बर्ष बिताएका मोरङको बिराटचौकका दिपक अधिकारी पनि कोरिया जाने प्रयासमा लागेका छन । पारिश्रमिक आकर्षक भएकैले कोरिया जान लागेको उनि बताउछन ।

नेपालमा प्लस टु तथा ब्याच्लर गर्दैगरेका युवाहरुलाई पनि कोरियाको आकर्षक तलवले लोभ्याएको छ । प्लस टु पढ्दै गरेका सुन्दरहरैचाका इन्द्रमणि बराल पनि कोरिया भाषा अध्ययन गर्दैछन ।
बैदेशिक रोजगारमा जाने पुरुषको मात्रा महिलाको भन्दा बढि छ । तर कोरिया जान भने महिलाहरुपनि आकर्षित भएका छन । पार्लर सिक्न छोडेर कोरिया भाषा पढ्दैछन मोरङ बिराटचौककी मोनिका थापा । कोरियाको सुरक्षा ब्यबस्था, श्रमिकलाई गरिने ब्यबहार लगायतका कुराले मोनिकालाई कोरिया सुरक्षित लागेको छ ।

प्लस टु सकेर कोरिया जाने प्रयासमा लागेकी इलामकि तुलसा खड्का एक पटकको प्रयास असफल भएपछि अर्कोबर्ष पनि कोरिया भाषा पढ्दैछन । कोरिया पुगेका उनका छिमेकीदाईहरुको कुराले उनलाई लोभ्याएको छ ।

कोरियामा साना तथा मझौला कम्पनीहरुमा कामदार अभावलाई हटाउन २००४ को अगष्टबाट प्रवासी कामदार भित्र्याउने ईपीएस प्रणालीको सुरुवात भएको हो । धेरै नेपालीयुवाहरु कोरियाको आकर्षक तलबमा लोभिएका छन । राम्रो तलब सुविधा भएकोले कोरिया नेपाली कामदारहरुका लागि आकर्षक गन्तव्य बनेको छ ।

Facebook Comments
Show More

Related Articles