बिबिधशिक्षा-स्वास्थ्यसमाचारसमाज

१८ वर्षमा दोस्रो पटक गर्भवती

स्वास्थ्यमा लाखौं लगानी, वालुवामा पानी

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

हरि कोइराला
पथरीशनिश्चरे(मोरङ)१५ मङ्सिर । घर नजिकै स्वास्थ्य चौकी,स्वयंसेविका,गाउँघर क्लिनिक र स्वास्थ्यकर्मीको पनि कमी छैन् । पथरीशनिश्चरे नगरपालिकाले वर्सेनि गाउँ–गाउँमा परिवार नियोजन, महिला स्वास्थ्य,सुत्केरीलाई पोषण र किशोरीको स्वास्थ्यका विषयमा कचहरी नाटक, सडक नाटकका नाममा लाखौं रुपियाँ खर्चिने गरेको छ । तर स्वास्थ्यमा भएको लाखौं लगानी वालुवामा पानी सरह भएको देखिन्छ ।
नगरको वडा नं. ६ अन्तरगतको गेलाबारीका ३८ घर ऋषिदेवहरूलाई नगरको स्वास्थ्य सम्बन्धी कुनै कार्यक्रमले छोएको छैन । न त ऋषिदेवहरू परिवार स्वास्थ्य र परिवार नियोजनका बारेमा जानकार नै छन् ।अभिभावकहरू छोरीको बिबाह २० वर्ष नपुगि गरिदिन्छन् भने किशोरीहरू हरेक वर्ष गर्भवती हुने गर्छन् । गत बुधबार वडा कार्यलयले आयोजना गरेको विपन्नका लागि न्यायो कपडा वितरण कार्यक्रममा आइ पुगेका अधिकांश किशोरीहरू काखमा नानी च्यापेर आएका थिए ।
त्यति मात्र होइन ।१८ वर्षको कलिलो उमेरमा दोस्रो पटक गर्भवती भएकी बसन्ती देवी ऋषिदेव पनि न्यानो कपडा लिन आएकी थिइन । उनले भनिन –१५ वर्षमा बिहे भयो । गाउँ कै किशोरसँग बिहे गरेकी बसन्तीलाई बिहे २० वर्ष भएपछि मात्र गर्नुपर्छ भन्ने थाहा छ । तर आमा पोइल गएपछि बुवाले १५ वर्ष कै उमेरमा बिहे गरिदिएको बसन्तीले सुनाइन ।
१६ वर्षको उमेरमा शल्यक्रियाबाट बसन्ती पहिलो बच्चाकी आमा बनिन । तर , ४५ दिनपछि बच्चाको मृत्यु भएपछि उनी पुन गर्भवती बनिन् । बसन्तीका अनुसार अहिले उनको पेटमा ७ महिनाको शिशु छ ।
बसन्ती प्रतिनिधि पात्र मात्र हुन् । अधिकांश महिलाहरू परिवार नियोजनका विषयमा खासै चासो राख्दैनन । स्थानीय बसनी ऋषिदेवले भनिन् –श्रीमानले चासो राख्नुप¥यो । छोरी मान्छेलाई लाज हुन्छ नि ।
महिला होस, या पुरुष ऋषिदेवहरू अशिक्षा,लाज र शंकोचका कारण परिवार नियोजनका विषयमा वेवास्ता गर्छन । गाउँमा गाउँघर क्लिनिक,स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य चौकी भएपनि उनीहरू स्वास्थ्य केन्द्र सेवा सुविधाका विषयमा बेखवर छन् ।
वडा नं. ६ का वडाध्यक्ष जयबहादुर तामाङले भने–‘हामी घर घरमा पुगेर स्वास्थ्य चेतनाका विषयमा जानकारी गराएका छौं । तर महिला भन्दा पनि पुरुषहरूलाई परिवार नियोजन र परिवार स्वास्थ्यका विषयमा सचेत गराउनु पर्ने देखिएको छ ।

Facebook Comments
Show More

Related Articles