बिबिधसमाचारसमाज

निर्मलाको परिवारलाई न्याय माग्दै बिराटनगरमा प्रदर्शन

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

विराटनगर,१५ मङ्सिर । कञ्चनपुरमा बलात्कार पछ मारिएकी बालिका निर्मला पन्तका परिवारलाई न्याय माग गर्दै शनिबार बिराटनगरमा प्रदर्शन भएको छ ।
विराटनगरमा नेविसङ्घका युवा नेता कृष्ण कार्कीको नेतृत्वमा निस्किएको जु्लुसले स्थानीय ट्राफिक चौकमा निर्मला पन्तका हत्यारा पक्राउ गर्न दबाब दिँदै गृहमन्त्रीको राजीनामा समेत मागेका छन् ।
करिब चार दर्जनको हाराहारीमा रहेका युवाहरुले निर्मला पन्त हत्याका अभियुक्तलाई सरकारले नै संरक्षण गरेको आरोप लगाए । मृतक पन्तको परिवारलाई न्याय दिलाउन सरकार समक्ष माग गरेका थिए । उनीहरुले निर्मला पन्तको न्यायको मागगर्दै विराटनगर क्षेत्रमा तिन सय पोस्टर समेत टाँसेका थिए ।

Facebook Comments
Show More

Related Articles