nirantarkhabarसमाचारसमाजसाहित्य

लक्ष्मीमार्गमा एकल कविता वाचन

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बेलबारी ।
मोरङको बेलबारीमा एकल कविता वाचन कार्यक्रम संपन्न भएको छ । बेलबारी–११, लक्ष्मीमार्ग स्थित श्री लक्ष्मी मा.वि.साहित्य समुहको आयोजना र शुनगाभा साहित्य समाज बेलबारी ११ को सह–आयोजनामा स्रष्टा कवि गणेश लामा “ आँसु“ को एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम का प्रमुख अतिथी समेत रहेका कवि गणेश लामा “ आँसु “ बाट नयाँ तथा पुराना करिव १५ थान कविता वाचित एकल कविता वाचन कार्यक्रमको विच विचमा स्थानिय श्री लक्ष्मी मा.वि. का बिध्यार्थीहरुले कवि आँसुका कविताहरु वाचन गर्न सहयोग गरेका थिए । कार्यक्रमका विशिष्ट अतिथी दिपक न्यौपानेले मन्तब्यको क्रममा कवि गणेश लामा“ आँसु“ का कविताहरुले सिमान्तकृत पात्र र गरिव, पिछडा वर्गको हक अधिकार र स्वतन्त्रताको पक्षमा सशक्त वकालत गरेको बताए ।
श्री लक्ष्मी मा. वि. को प्राङ्गणमा शुक्रबार भएको कार्यक्रम को अध्यक्षता श्री लक्ष्मी मा.वि. साहित्य समुहका अध्यक्ष राजेन्द्र बिष्ट, प्रमुख अतिथी स्रष्टा कवि गणेश लामा “ आँसु “ विशिष्ट अतिथी सुकुना बहुमुखी क्याम्पस का प्राध्यापक दिपक न्यौपाने, अतिथीहरुमा बेलबारी साहित्य विकाश समिति की अध्यक्ष कवियत्री रेखा सुवेदी, वरिष्ठ कथाकार बद्री प्रसाद अधिकारी लगायत विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा शुनगाभा साहित्य समाजका सचिव हिमांशु रायले स्वागत मन्तव्य राखेका थिए । श्री लक्ष्मी मा.वि.का कलाकार भाईवहिनीहरुले विभिन्न गीत र नृत्यहरु प्रर्दशन गरेर कार्यक्रम लाई थप रोमाञ्चक वनाएका थिए ।

Facebook Comments
Show More

Related Articles