खेलकुदबिबिधसमाचारसमाज

लक्ष्मीमार्ग कवर्डहल आर्थीक अभाव झेल्दै

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

विवेक मिश्र

बेलवारी १३ मंसिर / बेलवारी नगरपालीका लक्ष्मीमार्ग स्थीत लक्ष्मी खेलमैदानमा रहेको नगरकै एक मात्र कवर्ड हल सञ्चालन गर्न आर्थीक अभाव भएको छ । डाँगीहाट व्यटमिन्टन क्लवको संरक्षणमा रहेको लक्ष्मीमार्ग कवर्डहल आर्थीक अभावका कारण धरासयी बन्दै गएको उक्त व्यटमिन्टन क्लवका अध्यक्ष वल बहादुर मगरले बताए । दुई वर्ष अघी निमार्ण कार्य सम्पन्न भएर संचालनमा आएको उक्त कवर्डहलको बख्यौता तिर्न अझै सात लाख रुपँया रहेको अध्यक्ष मगरले बताए । जिल्ला खेलकुद विकास समिति मार्फत कर्वहललाई वार्षिक रुपमा नियमित रुपमा आईरहेको रकम समेत गत वर्षदेखी नआउको मगरले गुनासो गरे । निर्वाचन क्षेत्र स्तरीय खेल मैदान निमार्ण अन्तर्गत बार्षिक तिन लाख आउने गरेको रकम स्थानीय निकायको निमार्ण पश्चात स्थानीय निकाय तिरै सो रकम जान थालेकोले उक्त रकम रोकिएको जिल्ला खेलकुद विकास समिति मोरङका कार्यलय प्रमुख देवराज कटुवालले बताए । उत्तरी मोरङको केन्द्रको रुपमा आकर्षक खेल मैदान संगै रहेको कवर्डहलमा दमक देखी इटहरी विचका व्याटमिन्टन खेलाडिहरुको नियमित बाक्लो उपस्थिती रहेको देखिन्छ । खेलमैदान र कवर्डहलमा नियमित आउने खेलाडिहरुको कारण स्थानीय होटल व्यवसायमा समेत कारोवार बढेको होटल व्यवसायी टंक राजभण्डारीले बताए । ६५ फिट लम्बाई, ३५ फिट चौडाई र ३५ फिट उचाई रहेको कवर्डहल अन्य स्थानको तुलनामा आकर्षक देखिने भएकोले पनि टाढा टाढा बाट खेल खेल्न आउने गरेको बेलबारी बाट नियमित व्याटमिन्टन खेल्न आउने माधवराज थापाले बताए । हाल कवर्डहलमा रङरोगन र मर्मत कार्य भईरहेको देखिन्छ ।

Facebook Comments
Show More

Related Articles