खेलकुदबिबिधसमाचारसमाज

३० हजार सहित ट्रफि वारङ्गीलाई

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

हरि कोइराला
लेटाङ ११ मङ्सिर । आयोजक वारङ्गी भलिवल क्लव लेटाङले वारङ्गीमा भएको पूर्वाञ्चल स्तरीय भलिवल प्रतियोगिताको उपाधि जितेको छ ।
ऐतिहासिक वाराही धार्मिक मेलाका अवसरमा मङ्सिर ७ गते देखि सुरु भएको हो । फाइनल खेलमा धनकुटाको डाँडा बजार भलिवल क्लव विरुद्ध २५–१८,२६–२४ र २५–१७ को सोझो सेटको जित निकाल्दै आयोजकले उपाधि जितेको हो । विजेता टिमले नगद ३० हजार रुपियाँ सहित ट्रफि हात पार्याे ।उप विजेता टिमले १७ हजार रुपियाँमा चित्त बुझायो ।प्रतियोगितामा मोरङ,धनकुटा,पाँचथर र झापाका १६ वटा भलिवल क्लवले प्रतिस्पर्धा गरेका थिए ।
आयोजक वारङ्गी भलिवल क्लब झापाको गौरादह भलिवल क्लवलाई पराजित गरि फाईनलमा प्रवेश गरेको हो । यस्तै डाँडाबजार भलिवल क्लव धनकुटा सिंहदेवी भलिवल क्लव केराबारीलाई पराजित गरि फाइनल प्रवेश गरेको हो ।

यस अघि सोमबार नै भएको महिला प्रतिस्पर्धामा आयोजक टिम ३–० को सोझो सेटमा विजयी भयो ।आयोजकले सिंहदेवी भलिवल क्लव केराबारीलाई २५–२०,२५–११र२५–९ ले पराजित गर्दै उपाधि जितेको हो ।उपाधि जितेको आयोजकले ८ हजार रुपियाँ सहित ट्रफि र प्रमाणपत्र हात पा¥यो ।यस्तै उप विजेता सिंहदेवी महिला भलिवल क्लवले नगद ४ हजार रुपियाँ र ट्रफि प्रमाणपत्र प्राप्त ग¥यो । दुबै इभेन्टका बिजेता उप विजेतालाई लेटाङ नगरपालिकाका नगर प्रमुख शंकर राईले नगद,ट्रफि तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
प्रतियोगिता स्थानीयदाता र नगरपालिकाको ५१ हजार रुपियाँ आर्थिक सहयोगमा भएको हो ।भलिबल प्रतियोगिता धार्मिक मेला सुरु भए देखि नै हरेक वर्ष कात्तिक पुर्णिमा देखि तीन दिन सम्म हुने गरेको स्थानीय बुढापाका बताउँछन् ।

Facebook Comments
Show More

Related Articles