साहित्य

युवा कवि आयुष बुढाथोकी कवितामार्फत टाढिएकी मायालु सम्झँदै

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

हरेक मानिसका आफ्नो आफ्नै प्रतिभाहरु हुन्छन । कसैले आफ्नो प्रतिभालाई बाहिर प्रष्फुटन गर्छन त् कसैले आफु भित्रै सिमित राख्छन । पछिल्लो समय आफुमा भएको अन्तर्निहित प्रतिभालाई विभिन्न सामाजिक संजाल मार्फत धेरैले सार्बजनिक गरिरहेको छन् ।यस्तै नेपाली साहित्य लेखनमा पछिल्लो समय निकै सक्रिय नबोदित युवा कबि हुन् आयुष बुढाथोकी ।पुर्बी नेपालको भोजपुर जिल्लास्थित सल्पासिलिछो -१, कुलूङमा पिता मदन बुढाथोकी र माता लक्ष्मी बुढाथोकीको कोखबाट जन्मिएका उनि साहित्य क्षेत्रमा निकै नै अब्बल देखिन्छन् । उनले २०७२ सालमा एउटा “रुमलिएको मन” गजल संग्रह समेत प्रकाशन गरिसकेका छन् । 

दुरि टाढा भयो(कविता)

कयौं दिन हामी नजिक हुंदा त
तिमी धेरै टाढा भएको अनुभूति गर्थें म,
आज त तिमी धेरै टाढा भएकी छौ,
जहाँ कल्पनाको मात्र संसार हुनेछ,
म सिर्फ तिम्रो तस्बिरसँग मात्र कुरा गर्छु एकान्तमा ।

म नियालि रहेको छु
तिम्रो ब्याक्तित्व अनि ब्यवहारलाई,
आहा ! कत्ती रमाइलो लाग्छ
खुशी छु संधै मैले देखेको तिम्रो भबिस्य प्रति!
आज हामी बिचको दुरि लम्बिएको छ
म अनेकौं प्रयासहरु गरिरहेको छु,
ती कयौं माइल टाढा पुग्न,
उद्देश्य तिमिसँगको रोमान्चक भेट।

तिम्रो घरको बाटो म दिनहुँ हिँड्दा,
तिमी झ्यालमा बसेर नदेखे झैँ गथ्र्याै,
मेरो बालाप्रेम नै तिमी माथी थियो,
तर मलाई पत्तै भएन,
तिमी धेरै माथी रहेछौ,
नतमस्तक छु तिम्रो म प्रतिको हेराई प्रती।

बधाई तिमिलाई,
तिम्रा करोडौं सफलताका लागि,
तिमी यत्ती धेरै नजिक छौ म संग,
बेलाबेला आइ रहन्छौ सपनिमा,
अनि मेरा यी गोडाहरु मसाज गरिरहन्छौ।

म बिन्ती गर्छु,,,,,,
तिमी यति टाढा जाउ कि,
मेरा यी अाँखाहरुले सारा संसार खोज्दा पनि
तिम्लाई कहिलै, कहिँ नभेटुन,
यी निन्द्रबिहिन अँखाहरुको अनुरोध !!!

Facebook Comments
Show More

Related Articles