nirantarkhabarसमाचार

आगोले ४ जनाको परिवार नै सक्यो, बचाउ..को आवाज सुनेपनि छिमेकीले केही गर्न सकेनन् ,शोकमा शिवसताक्षी नगरपालिका ,

दमकलबारे घनिभुत छलफल त भयो किन्ने निर्णय हुन सकेन, नगरमा दमकल भएकोभए सायद आज खनाल परिवारका चारै जना हामी सँगै हुन्थे

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

मंसिर १०
आगलागीबाट एकै परिवारका ४ जनाले ज्यान गुमाएपछि झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ शोकमा डुबेको छ । झिलझिले बजारबाट करिब ४ किलोमिटर दक्षिणमा रहेको भानु मावि पश्चिम पटिको दोस्रो घरमा आगलागी भएको हो । आगलागीबाट करिब ३ महिनाको शिशुसहितको खनाल परिवारले ज्यान गुमाउनुपर्यो । आगलागीमा परी ३६ बर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती ३० बर्षीया राधिका खनाल, ४ बर्षीया छोरी सुप्रिया खनाल र छोरा ३ महिनाका टिकाराम खनालको मृत्यु भएको हो । आगलागीका क्रममा ग्यास सिलिन्डर विस्फोट भएर सिलिन्डरकाे टुक्राले लाग्दा स्थानिय महिला घाइते भएकी छिन् । उनको न्युरो अस्पताल विराटनगरमा उपचार भैरहेको छ । मृतकमध्ये छोरी सुप्रिया नजिकैको भानु माविमा नर्सरीमा पढ्दैथिइन् । लक्षमणले ट्याक्टर व्यवसाय चलाउने गरेका थिए ।
अहिले आगलागी स्थलमा ठृलो संख्यामा मानिसहरु भेला भएका छन् । गाउँ पुरै शोकमा डुबेको छ । आजै विहान घटनास्थलमा सांसद एलपी सावा, प्रदेश सांसद झलकसिं दर्लामी, झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, प्रहरी उपरिक्षक एस पी भिप्रशाद ढकाल, नगरप्रमुख चन्द्रकुमार शेर्मा लगायतको टोली पुगेका थिए । घटनास्थलका सबै प्रकृया पुरा गरेपछि चारै जनाको शवलाई भद्रपुर पठाइएको सञ्चारकर्मी गोविन्द ल्वागुनले निरन्तरखबरलाई जानकारी दिनुभएको छ ।

फोटो भावना गौतमको फेसवुकबाट

आगलागीको सम्भावित कारण
खनालको ट्याक्टर व्यवसाय रहेको थियो । ट्याक्टरका लागि चाहिने ४० लिटर डिजेल घरमै स्टोर गरेर राखिएको थियो । सँगै एउटा थ्रेसर पनि थियो । ट्क्याटर भने चालकले नै लिएर गएका थिए । अति प्रज्वलनशिल डिजेलबाट नै आगलाी सुरु भएको आसंका भएको छ । तर पनि यसको यकिन भएको भने छैन् । आगलागीको कारण बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । आगलागी सुरु भएपछि राति १०ः३५ मा झिलझिले प्रहरीमा खबर पुगेको थियो । आगलागी हुन थालेपछि घर भित्रबाट बचाउ भन्ने आवाजहरु पनि आएको छिमेकीलाई उद्दृत गर्दै सञ्चारकर्मी ल्वागुनले जानकारी दिनुभयो । दमक नगरपालिकाको दमकल भने राति पौने ११ बजेतिर पुगेको थियो । दमकल आइपुग्दा परिवारका सबै चारै जनाको मृत्यु भैसकेको थियो । सेन्टर बेरा भएको,टिनको छाना भएको २ तले घरका खाँबाहरुको केही अबशेस मात्रै बाँकी रहेका छन् ।

फोटो भावना गौतमको फेसवुकबाट

दमकल किन्नेबारे नगरपालिकामा घनिभुत छलफल भएको थियो……..तर छलफलमै सिमित
त्यसो त शिवसताक्षी नगरपालिकामा यस्तै घटनाहुनसक्ने भनेर दमकल किन्ने विषयमा केहीसमय अघि औपचारिक बैठकमै प्रशस्तै छलफल र चर्चा समेत भएको थियो । दमकल किनेर पनि यसको सञ्चालन,जनशक्ति व्यवस्थापन लगायत विषयमा अप्ठ्यारो पर्न सक्ने भन्ने बुझाइले दमकल किन्ने निर्णय हुनसकेको थिएन ।नगरपालिकाका मेयरका प्रेस संयोजक अनिलदेव राईका अनुसार दमकल किन्ने भन्ने बारेमा रेडक्रसका प्रतिनिधि लगायत सरोकार राख्ने पक्षहरुसँ पनि छलफल भयो । तर किन्ने निर्णय हुन सकेन । यदि नगरपालिकाको आफ्नै दमकल थियो यो मानविय क्षति व्योहर्नुपर्ने अवस्था नआउने राइको पनि बुझाइ छ ।

Facebook Comments
Show More

Related Articles