बिबिधसमाचारसमाज

आगलागीमा परी एकै घरका ४ जनाको मृत्यु

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

दमक १० मङ्सिर । झापाको शिवसताक्षी नगरपालिका वार्ड नम्बर ७ लाल्झोड़ाको एक घरमा आगलागी हुँदा घरका चार सदस्यको मृत्यु भएको छ । घरमा आइतबार राति अचानक आगो लागेको इलाकाप्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
स्थानीय्र भानु माध्यमिक बिद्यालयबाट २० मिटर टाढा रहेको खनाल परिवारका सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा घरमा आगलागी हुँदा घरबाट भाग्न नसकेर मृत्यु भएको प्रहरीको भनाई छ । मृत्यु हुनेमा ३६ बर्षीय घरधनी लक्ष्मण खनाल,उनकी पत्नी ३० बर्षीय राधिका खनाल, ४ बर्षीया छोरी सुप्रिया खनाल र ३ महिनाका नावालक छोरा टीकाराम खनाल रहेका छन् ।आगलागीको क्षति बिवरण नआइसकेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Show More

Related Articles