समाचार

धिमाल संस्कृति संरक्षणमा युवाहरुको भुमिका खोजी

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

मंसिर ९
मौलिक परम्परागत संस्कृति संरक्षणमा ध्यान दिन नसके धिमाल सँस्कृति संकटमा पर्न सक्ने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । धिमाल संस्कृति संरक्षणका लागि युवाहरुको भुमिका महत्वपुर्ण हुने पनि धिमाल अगुवाहरुले बताएका छन् ।
धिमाल युवा तथा खेलकुद मन्चद्वारा मंगलबारेमा आयोजित अन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले अब धिमाल युवाहरु जागरुक भएर संस्कृति संरक्षणमा लाग्नुपर्ने बताएका हुन् । धिमाल परियोजना स्थल, मंगलबारेमा भएको कार्यक्रममा धिमाल सँस्कृति संरक्षणमा युवाहरुको भुमिकाू विषयक कार्यपत्र प्रस्तुत गर्नु भएका धिमाल जातिय विकास केन्द्रका महासचिव केदार धिमालले अन्य संस्कृति तर्फ युवाहरुको मोह वढ्ने तर परम्परागत सँस्कृतिहरु क्रमश बिर्सदै जानुले धिमाल समुदायको साँस्कृतिक पक्ष कमजोर बन्दै गएको देखाएको बताउनु भएको थियो । सँस्कृति नै समुदायको पहिचान भएकाले यसको संरक्षण र जगेर्नाको लागि युवाहरु अग्रसर रहनु पर्ने उहाँले बताउनुभयो ।

सो कार्यपत्र माथि टिप्पणी गर्नु भएका धिमाल अगुवाहरु केन्द्रका निवर्तमान अध्यक्ष नगेन्द्रबहादुर धिमाल, संस्थापक सचिव मोहन धिमाल, संस्थापक सुर्यबहादुर धिमालले समेत धिमाल सँस्कृति संरक्षणका लागि युवाहरुको भुमिका अपरिहार्य भएको बताउनु भएको थियो । मन्चका अध्यक्ष श्रीप्रसाद धिमालको सभापतित्वमा भएको कार्यक्रममा धिमाल जातिय विकास केन्द्रका अध्यक्ष तेजबहादुर धिमाल प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा संस्थाका सचिव कविराज धिमाल, झापा जिल्ला अध्यक्ष नेत्रकुमारी धिमाल, सचिव मनिराज धिमाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम मातृका धिमालले सन्चालन गर्नु भएको थियो ।

Facebook Comments
Show More

Related Articles