साहित्य

 युवा कवि आयुष बुढाथोकी कबिता मार्फत अनाथको भाव व्यक्त गर्दै

कविता: पहिचान हराएको मान्छे

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

हरेक मानिसका आफ्नो आफ्नै प्रतिभाहरु हुन्छन । कसैले आफ्नो प्रतिभालाई बाहिर प्रष्फुटन गर्छन त् कसैले आफु भित्रै सिमित राख्छन । पछिल्लो समय आफुमा भएको अन्तर्निहित प्रतिभालाई विभिन्न सामाजिक संजाल मार्फत धेरैले सार्बजनिक गरिरहेको छन् ।यस्तै नेपाली साहित्य लेखनमा पछिल्लो समय निकै सक्रिय नबोदित युवा कबि हुन् आयुष बुढाथोकी ।पुर्बी नेपालको भोजपुर जिल्लास्थित सल्पासिलिछो -१, कुलूङमा पिता मदन बुढाथोकी र माता लक्ष्मी बुढाथोकीको कोखबाट जन्मिएका उनि साहित्य क्षेत्रमा निकै नै अब्बल देखिन्छन् । उनले २०७२ सालमा एउटा “रुमलिएको मन” गजल संग्रह समेत प्रकाशन गरिसकेका छन् । 

कविताः पहिचान हराएको मान्छे

कवि : आयुष वुढाथोकी

नाम दिइन्,
काम दिइन्, अनि मलाई अनेक थरी ब्यथा दिइन्
तर, मलाई मेरो पहिचान जात दिन सकिनन्,
हो तिनै हुन मेरि आमा ।

जवानी छरेर हुर्किएकी उनी,
सायद बेमौसमी हावाको प्रभाव पर्याे होला,
आमा,
प्रसबको पीडा झाडिमा बिसाएछौ,
कयौं पटक मर्दै बांचेको अनि,
आफ्नै पहिचान हराएको मान्छे म,
कारण मेरि आमा ।

आमा, हरेक दिन प्रश्न गर्छ यो समाज,
मेरो नाजुक स्थिती संग,
भन्नुस् न के जवाफ दिउँ म ती प्रश्नकर्ताहरुलाई?

आमा शब्द सुन्दा कत्ती जिम्मेवार सुनिन्छ है?
तर आज यहाँ कालो रुप थपिएको छ,
बाटो भित्ताहरुमा बिरहका आवाजहरु गुन्जीरहेका छन् ,
अनि म मेरो पहिचान जानेर या नजानेर लुकाउने गर्छु!

गर्भमा नै मलाई फ्यालि दिएको भए,
कत्ति सुखी हुन्थें होला म,
भगवान संग,
अहिले म थोत्रो कपडाले मेरो लाज छोपी रहेछु,
यो समाजमा एउटा अनाथको नामले परिचित छु,
जुन त्यो बेला तिमिलाइ कसैले राम्री भनेर चिन्दथे ।

अब यहाँ एउटा यस्तो क्रान्ती हुनेछ,
ती जवानिले मत्तिएका युवा वर्गहरुमा,
कसैलाइ जन्म दिएर पहिचान दिन सकिन्न भने,
परिवार नियोजनका साधन हैन,
सेक्स टोइ बितरण गरिनेछ
नोट : (यदि कुनै आमाहरूसंग मेल खान गए त्यो संयोग मात्र हुनेछ)

आयुष वुढाथोकी
साल्पा सिलिछो– १,, भोजपुर
(हालः इटहरी,सुनसरी)

Facebook Comments
Show More

Related Articles